पिएमसीको मानवीय कार्यः वार्षिकोत्सवमा रक्तदान

पाेखरा | मंसिर १२, २०७९

पिएमसीको मानवीय कार्यः वार्षिकोत्सवमा रक्तदान

पोखराको शान्तिवनस्थित  पोखरा बहुमुखी क्याम्पसले ३६ औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम आयोजना गरेको छ । 

 

मानवीय कार्य हेतु ‘रक्तदानः जीवनदान’ नारासहित आयोजित कार्यक्रममा २४ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक दीपकप्रसाद घिमिरेले जानकारी दिए । रक्तदान कार्यक्रमपूर्व रक्तसञ्चार केन्द्र, कास्की प्रमुख अर्जुन ज्ञवालीले विषयवस्तुउपर प्रकाश पारेका थिए । 

 

सप्ताहव्यापी कार्यक्रमकासाथ मनाइने वार्षिकोत्सवमा विविध विधा रहेका छन् । सोही अनुरुप मंगलबार सरसफाई कार्यक्रम रहेको क्याम्पस प्रमुख शिशुकला पराजुलीले जानकारी दिइन् । 

 

क्याम्पसको वार्षिकोत्सव बुधबार रहेको छ । पोखराकै पुरानो यस क्याम्पसले हाल शान्तिवनस्थित नयाँ भवनबाट शैक्षिक कार्यक्रम सुचारु गरेको छ । 

 

बिहानी सत्रमा मानविकी र व्यवस्थापन संकायमा पढाई भइरहेको क्याम्पसमा आगामी शैक्षिकसत्रदेखि अन्य संकाय थपिने प्रमुख पराजुलीले जनाएकी छिन् । 

पोखरा ।   गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...

थप पढ्नुहोस्

पोखरा ।   जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले...

थप पढ्नुहोस्

पोखरा ।  गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ ।   मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

थप पढ्नुहोस्